रूस-यूक्रेन युद्ध  शुरू भएको ६ हप्ता भइसकेको छ। रूसप्रति अमेरिका समेत धेरै देशहरूले आर्थिक प्रतिबन्ध लगाएका छन्। यसैबीच अहिले भीडियो होस्टिंग सर्विस यूट्युब (YouTube) ले रूसी संसदको च्यानल ब्लक गरिदिएको छ। रूसी संसद सदनको यूट्युब च्यानल ‘द स्टेट डुमा’ (The State Duma) ब्लक गरिएको हो।

उक्त च्यानलले सोशल मीडिया टेलीग्राममा रूसी संसदको यूट्युब च्यानल प्रतिबन्धको बारेमा जानकारी दिएको छ। साथै यूट्यूब च्यानलमा १,४५,००० सब्सक्राइबर रहेकाे पनि बताईएको छ। रूसी समाचार एजेन्सीले यस विषयमा प्रश्न गर्दा गूगलले आफ्नाे यस कदमको बारेमा केहि स्पष्टिकरण दिएको छैन। 

रूसको सरकारी संचार नियामकले यूट्यूबलाई रूसी संसदको च्यानलमा लगाएको प्रतिबन्ध हटाउन माग गरेको छ। स्टेट डुमाका स्पीकर व्याचेस्लाव वोलोडिनले संसदको यूट्यूब च्यानल विरूद्ध गरिएको कारबाहीलाई अमेरिकाद्वारा नागरिकहरूको स्वतंत्रता एवम् उनीहरूको अधिकारको उल्लंघनकाे अर्काे एउटा उदाहरण भएको बताएका छन्।

Share.

Comments are closed.