नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवि नेपालले राष्ट्र बैंकको नीतिका कारण नै अहिले तरलता अभाव देखिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसमा आयाजित कार्यक्रममा बोल्दै उनले कोरोनापछि सरकारले गर्ने सहयोग केन्द्रीय बैंकले मात्र गरेकाले समस्या आएको बताउनुभयो ।

उनले भने, “तरलता अभाव नेपालको दीर्घकालीन समस्या भएको छ । कोरानापछि रोकिएको माग खुल्दा अत्यधिक कर्जा प्रवाह हुँदा समस्या आएको हो ।”

सरकारले विकास खर्च नगरी ढुकुटीमा पैसा जम्मा गरेको र ढुकुटीमा जम्मा भएको पैसा बैंकिङ प्रणालीमा पठाउनुपर्ने उनको भनाइ छ । रेमिट्यान्स दीगो स्रोत नभएको भन्दै उनले यसको विकल्प खोज्नुपर्ने उनले बताए ।

Share.

Comments are closed.