नेपाल स्टक एक्सचेञ्चमा सूचीकृत कम्पनी तथा म्युचुअल फण्डहरुले लाभांश घोषणाको सुरुवात गरेका छन्।

लक्ष्मी क्यापिटलका दुई योजनाले आफ्ना इकाइधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्। सोमबार बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी उन्नति कोष (LUK) र लक्ष्मी इक्वीटि फण्ड (LEMF) का इकाइधनीहरुलाई कर सहित ५-५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यी योजनाहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीलाई वितरण गर्ने गरी उक्त लाभांश घोषणा गरेका हुन्। बुकक्लोजको अघिल्लो दिनसम्म कायम इकाइधनीहरुले उक्त लाभांश पाउनेछन्।

Share.

Comments are closed.