लक्ष्मी बैंकले ३ लाख ३३ हजार २०० कित्ता संस्थापक सेयर विक्री गर्ने भएको छ ।

बैंकले उक्त सेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले ईच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय, हात्तीसार, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।

बैंकले तोकिएको समय अवधिमा संस्थापक सेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई बिक्री गर्ने बताएको छ ।

Share.

Comments are closed.