आज बिहिबार ५.८७ अङ्कले घटेर ०.२९% गिरावटको साथ नेप्से परिसूचक २०४४.७२ अंकमा बन्द भएको छ। कारोबार भएका २२५ कम्पनीमध्ये ४७ कम्पनी उकालो लागेको छन्, १२६ कम्पनी ओरालो लागेका छन् भने ७ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका २ उप-समुहबाहेक बाँकी ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण घटेर २९ खर्ब १९ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: July 21, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः १८९) जसले बजारमा भोलाटाइलिटी कम भएको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड भन्दा माथि २०४४.७३ मा बन्द भएको छ। आज बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच दिनभर होडबाजी हुँदा बिक्रीकर्ता केही हावी भएको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन  भन्दा माथि  १.३६ मा आएको  देखाउँछ। हिस्टोग्राम घटेर पोजेटिभ ११.७० मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर झुकीरहेको थियो तर अब माथि चढ्न थालेको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल  – १०.३४ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रीकर्ताको मोमेन्टम केही मात्रामा बढेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन र  -१४ डिएमआई लाइन दुबै तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर अस्तिबाट अलि सिधा हुन थालेको छ। आज – १४ डिएमआई लाइन केही तल फर्किएको छ जसले बजारमा खरिदको मोमेन्टम जिवितै रहेको जनाउँछ।

४. क्यान्डलस्टिक

नेप्सेले आज ‘बियरिश स्पिनिंग टप क्यान्डल’ बनाएको छ जसले बजारको दिशा निश्चित नभएको सङ्केत गर्छ। त्यसकारण, लगानीकर्ता भोलि पनि ‘पर्ख र हेर’को अवस्थामा रहनुपर्ने देखिन्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: July 21, 2022

क्युमुलेटिभ एडी लाइन –६४६९ देखि घटेर – ६५४८ मा आएको छ। नेप्सेको कुल भोल्युम ३४३१६०२ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(४४६६०५६)  को ७७ प्रतिशत देखिएको छ।

नेप्से आज मिडल  ब्याण्डभन्दा माथि २०४४.७३ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा माथि १.३६ मा आएको छ र  सिग्नल लाईन भने जिरो लाइन भन्दा तल –१०.३४ मा देखिएको छ  भने हिस्टोग्राम हिजो भन्दा घटेर ११.७० मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम घटेको देखाउँछ।

+१४ डिएमआई लाइन र  -१४ डिएमआई लाइन दुबै तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर अस्तिबाट अलि सिधा हुन थालेको छ। आज – १४ डिएमआई लाइन केही तल फर्किएको छ जसले बजारमा खरिदको मोमेन्टम जिवितै रहेको देखिन्छ। आज आरएसआइ ५४.४१ बाट घटेर ५४.०९ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम थोरै घटेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १९२८ को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २०९० को एरिया रहेको देखिन्छ।#nepsetech

Share.

Comments are closed.