वारेन बफेटलाई विश्वको सबैभन्दा ठूलो र सफल लगानीकर्ता मानिन्छ। पैसा कमाउने उनको आधारभूत मन्त्र जोकोहीका लागि लाभदायक हुन सक्छ।

हालै वारेन बफेटले बालबालिकाका लागि केही यस्ता आधारभूत मन्त्र दिएका छन्। छोराछोरीले पढाइसँगै पैसा र बचतको आधारभूत शिक्षा पनि थाल्नुपर्ने उनको भनाइ छ। अभिभावक आफ्ना छोराछोरी किशोरावस्थामा पुगेपछि यसबारे बताउँछन्। बफेटका अनुसार यो सबैभन्दा ठूलो गल्ती हो।

एक अन्तर्वार्तामा वारेन बफेटले भने, ‘मेरो बुवा यसको उदाहरण हुनुहुन्छ। जीवनमा जति चाँडो असल बानी आउँछ, त्यति नै राम्रो हुन्छ। उहाँले मलाई बचतको महत्वपूर्ण पाठ सिकाउनुभयो।’

बफेटका अनुसार अधिकांश अभिभावकलाई थाहा छ कि आफ्नो बच्चालाई वित्तीय व्यवस्थापनका बारेमा सिकाउनु महत्वपूर्ण छ तर जान्नु र अभ्यास गर्नुमा भिन्नता छ। ‘धेरै अभिभावकले यो सबै थाहा पाएर पनि पालना गर्दैनन्’, उनले भने।

पैसाको मूल्य, आवश्यकता र इच्छाबीचको भिन्नता वा बचतको महत्व– यी सबै चीज हुन्, जुन बालबालिकाले सानै उमेरबाट सामना गर्छन्। त्यसैले जति चाँडो तिनीहरुका बारेमा बताइन्छ, त्यति नै यो राम्रो हुन्छ। बालबालिकामा स्वस्थ आर्थिक बानीले उनीहरुको सफल भविष्य सुनिश्चित गर्न मद्दत गर्नेछ। बफेटले बालबालिकाका लागि एनिमेटेड शृंखला ‘सेक्रेट मिलियनेयर क्लब’मा वित्त व्यवस्थापन र बचत सिकाउन मद्दत गरेका छन्।

पैसा बचत गर्नु भनेको पैसा कमाउनुजस्तै हो। बालबालिकालाई चाहना र आवश्यकताबीचको भिन्नता सिकाउनुहोस्। खेलौना उनीहरुको चाहना हो भने झोलाहरु उनीहरुको आवश्यकता हो। इच्छाहरु घटाएर तिनीहरूले बचत गर्न सक्छन्।

हामी एउटा प्रसिद्ध ब्रान्डको जुत्ता वा ग्याजेटका लागि उच्च मूल्य तिर्छौं। जब कि हामी उही चिज कम मूल्यमा किन्न सक्छौँ। बालबालिकालाई सिकाउनुहोस् कि कुनै चिज कति मूल्यको हकदार हुन्छ।

बालबालिकालाई आफ्ना निर्णयबाट भविष्यका पर्न सक्ने प्रभावहरुमार्फत स्मार्ट निर्णयहरु लिन सक्ने गरी तयार गर्नुहोस्। पुस्तक किन्नुको सट्टा पुस्तकालयबाट प्राप्त गर्न सकिन विचार बालबालिकाभित्र उजागर गर्नुहोस्।

यो अनुसन्धानलाई बफेटलाई पनि समर्थन गर्दछ। अनुसन्धानका अनुसार मस्तिष्कको ८० प्रतिशत विकास ३ वर्षको उमेरमा हुन्छ। क्याम्ब्रिज युनिभर्सिटीको अध्ययनका अनुसार बालबालिकाले ३–४ वर्षमा पैसाको आधारभूत कुरा बुझ्न सक्छन्। तर, सर्वेक्षणले ४% आमाबाबुमात्र ६ वर्षको उमेरभन्दा पहिले बालबालिकासँग आर्थिक मामिलाबारे कुरा गर्छन्। ३०% ले १५ वर्षपछि र १४ प्रतिशतले यस्तो सिकाइ कहिल्यै नदिएको सर्वेक्षणले देखाएको छ।

स्रोत: एजेन्सी

Share.

Comments are closed.