विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुको हितग्राही खातामा बोनश सेयर जम्मा गरेको छ । कम्पनीले गत पुस २४ गते सम्पन्न नवौ वार्षिक साधारण सभाबाट पारित २० दशमलव ०३११ प्रतिशत बोनश सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले पुस ११ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा उक्त बोनस सेयर जम्मा गरेको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित हितग्राही खातामा जम्मा गरिने भएकाले अभौतिकीकरण गराउन आग्रह समेत गरेको छ ।

Share.

Comments are closed.