अटोमोबाइल एसोसिएसन (नाडा)ले विद्युतीय गाडीमा बढाइएको कर फिर्ता गर्न सरकारसँग माग गरेको छ। विद्युतीय गाडी भविष्य भएकाले कर बढाउनु उचित नभएको बताएको हो।

नाडाका अध्यक्ष धुब्र थापाले सबै देशले विद्युतीय गाडीलाई प्रवर्द्धन गर्दा नेपालमा कर बढाएको बताए । सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने बताएपनि कर बढाएको बताए । उनले नेपालको विद्युत खपत बढाउन विद्युतीय गाडी प्रवर्द्धन आवश्यक रहेको बताए ।

सरकारले बढी डलर बाहिर गएको भन्दै कर बढाएकोमा पेट्रोल डिजेलको हिसाब नगरेको बताए। नाडा ईभी समिति संयोजक तथा उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालको सडक अवस्था अनुसार १०० किलोवाट बढीका गाडी विलासिता नभएको बताए ।

Share.

Comments are closed.