नेपालका लागि अको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाडौंको थापाथलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । उक्त मिडिया भेलामा डेडिकेटेड शोरुम, दीगो सञ्चालन र विद्युतीय गाडीको पूर्जाहरुको बारेमा जानकारी गराइएको थियो ।

सो अवसरमा पाटनको औद्योगिक क्षेत्रमा रहेको हुण्डाइ तालिम केन्द्रमा विभिन्न प्रस्तुति मार्फत हुण्डाइ विद्युतीय गाडीको पूर्वाधार र सञ्चालन सम्बन्धी विभिन्न जानकारी पनि गराइएको थियो ।

हुण्डाइको विद्युतीय गाडीप्रति चाहना राख्ने र सम्भावित खरिदकर्ताहरुका माझ हुण्डाइ नेपालले सस्टेनएबल मोबिलिटी र विद्युतीय गाडीका क्षेत्रमा गरेको प्रतिबद्धताहरु र पहलबारे जागरुकता सिर्जना गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

Share.

Comments are closed.