विन्ध्यबासिनी हाइड्रोपावरले स्थानीयलाई बैशाख ११ गते देखि आइपिओ निष्काशन गर्नेछ ।

कम्पनीले आफ्नो जारी पूँजी रु.१ अर्ब मध्ये १० प्रतिशतले हुने प्रति साधारण शेयर रु.१००/- अंकित दरका १०,००,००० कित्ता मध्ये आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको बड़ा नं. ५, ६ र ७ (साविक पसगाउँ तथा भोजे गा.वि.स.) तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९ (साविक मिजुरेडाँडा गा.वि.स.) का स्थानीय बासिन्दाहरुको लागि ७,००,००० कित्ता सेयर सुरक्षित गरि बाँकी रहेको ३,००,००० कित्ता सेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचनासंग जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने छ।

आईपीओमा आवेदन दिने अन्तिम दिन बैशाख २५ गते रहेको छ भने सो अवधिमा माग बमोजिम आवेदन नपरेमा ढिलोमा जेठ ९गते सम्म आवेदन दिन सकिने छ। कम्पनीको आईपोओमा न्युनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सकिने छ।

Share.

Comments are closed.