विश्वभरि आकासिएको मुद्रास्फीतिबीच खाद्य पदार्थको बढ्दो मूल्यले आममानिसको जनजीवन कष्टकर बन्न थालेको छ।

विकासोन्मुख देशबाहेक सिंगापुरजस्तो उन्नत अर्थतन्त्र भएको देश पनि यसको प्रभावबाट अछुतो छैन। आन्तरिक मूल्य नियन्त्रण गर्न धेरै देशले खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाएका छन्।

मलेसियाले गत महिना जिउँदो ब्रोइलर कुखुराको निर्यातमा प्रतिबन्ध लगाएको थियो। मलेसियाबाट ठूलो संख्यामा कुखुरा आयात गर्ने सिंगापुर पनि यो निर्णयबाट नराम्ररी प्रभावित भएको छ।

तेलदेखि कुखुराको मासुसम्मको मूल्यवृद्धिका कारण क्याटरिङ व्यवसायसँग आबद्ध प्रतिष्ठानले पनि मूल्य बढाउनुपरेको छ। जसका कारण सर्वसाधारणले खाद्यान्नमा १० देखि २० प्रतिशत बढी तिर्नुपरेको छ। उपभोक्ताले कि त समान मात्राको सामानका लागि बढी तिर्नुपर्छ वा आफ्नो खानाको खपतमा कटौती गर्नुपर्छ।

लेबनानमा संयुक्त राष्ट्र खाद्य कार्यक्रमले मानिसलाई खाना किन्न नगद दिइरहेको छ। बेरुतस्थित ट्रेसी सालिबा भन्छिन्, ‘अहिले म अत्यावश्यक वस्तु र खानामात्र किन्छु।’

सुडान महँगी चरमोत्कर्षमा पुगेको छ। त्यहाँ मुद्रास्फीति यस वर्ष अविश्वसनीय २४५% पुग्न सक्ने अनुमान गरिएको छ।

यसैबीच इरानमा मे महिनामा कुखुरा, अन्डा र दूधको मूल्य ३०० प्रतिशतले बढेको छ। भोकमरी, आपूर्ति शृंखला समस्या, उच्च ऊर्जा मूल्य र मलको मूल्यहरुका कारण विश्वभर खाद्यान्नको मूल्य आकाशिएको छ। यसको असर धेरैजसो विकासोन्मुख देशका तल्लो वर्गका मानिसमा परेको छ। यी जनतालाई भरपुर खानाको व्यवस्था गर्न पनि मुस्किल भएको छ।

उच्च मुद्रास्फीतिले घरपरिवारलाई यस वर्ष र अर्को वर्ष पनि विकसित बजारमा खाद्य वस्तुमा थप ७ अर्ब डलर खर्च गर्ने निकायको अनुमान छ। विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्र संघका अन्य चार एजेन्सीको विश्वव्यापी प्रतिवेदनमा २.३ अर्ब मानिसले गम्भीर वा मध्यमस्तरको भोकमरी भोग्नुपरेको उल्लेख छ।

स्रोत: एजेन्सी

Share.

Comments are closed.