शंघाईमा कोविड-१९ लकडाउनका कारण त्यहाँका मानिसहरू अति आवश्यक वस्तुहरूको अभाव झेलिरहेका छन् । शहरका निवासीहरूसँग खाद्यान्न लगभग सकिइसकेकोले तीव्र खाद्य संकटको समस्यासँग जुधि रहेका छन्।

रिपोर्ट अनुसार, उनीहरू दिनमा एकपटक मात्र खाना खाइरहेका छन् र मे महिनापछि उनीहरूसँग यति पनि रहने छैन। शंघाईमा महामारीको स्थिति अहिले बिग्रिँदै गइरहेकाे छ । लकडाउन नीतिको अवस्थामा पनि संक्रमितको  संख्या बढ्दाे छ।

शंघाईमा १ मार्चदेखि अहिलेसम्म १,३०,००० भन्दा बढी कोविड केश आएको तर मृत्यु कसैको नभएको अधिकारिहरूले बताएका छन्। 

महामारीको समय ओमिक्रोनले डेल्टाको तुलनामा अधिक मृत्युदर हुन सक्ने कारणले बेजिङले जीरो-कोविड नीतिकाे पालन गर्नु पर्ने आवश्यकता रहेकाे बताएको छ।

Share.

Comments are closed.