पाकिस्तान मुस्लिम लीग-नवाजका मुखिया शाहबाज शरीफ पाकिस्तानका प्रधानमन्त्री बन्ने रेसमा सबैभन्दा अगाडि छन्। सोमवार हुन गइरहेको चुनावमा शाहबाज शरीफ पाकिस्तानका २३औँ प्रधानमन्त्रीको रूपमा शपथ लिन सक्ने संकेत छ।

इमरान खान सरकार अविश्वास प्रस्तावद्वारा हारे पछि पाकिस्तानको नेशनल एसमब्लीमा ११ अप्रैल (सोमवार) नयाँ प्रधानमन्त्रीका लागि चुनाव गरिनेछ। डान अखबारले नेशनल एसमब्लीका पीठासीन अधिकारी अयाज सादिकलाई हस्तन्तरण गर्दै नयाँ प्रधानमन्त्रीका लागि नामांकन पत्र आज अपराहन्न दुई बजे सम्म दिन सकिने बताएको छ। नयाँ प्रधानमन्त्रीको चुनावका लागि सोमवार बिहान ११ बजे एसमब्लीमा उपस्थित हुन आदेश दिइएको छ।

अविश्वास प्रस्तावको भोटिंग जीते पछि शहबाज शरीफले नेशनल एसमब्लीमा आफ्नो कुरा राखेका छन्। शहबाज शरीफले बताए “हामी निर्दोषलाई  जेल चलान गर्दैनोँ। हामी कसैसँग बदला लिँदैनाैँ। पाकिस्तानकाे खराब समय सकिइसक्यो र  अब पकिस्तानकाे खुसीका दिन आए। “ 

Share.

Comments are closed.