श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले पनि पदबाट राजीनामा दिनुभएको छ । गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक संकट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै सोमबार राजीनामा दिनुभएको हो ।

उहाँले राष्ट्रपति गोटाबय राजापाक्षेसमक्ष राजीनामा दिएको जनाउनुभएको छ । श्रीलंकामा यसअघि सबै मन्त्रीहरूले पनि राजीनामा दिनुभएको थियो ।

श्रीलंका खराब आर्थिक अवस्थासँग जुधिरहंदा राष्ट्रिय मन्त्रीहरु तथा गोभर्नरबाट राजीनामा आउनु निकै गम्भीर विषय भएको विज्ञहरु बताउँछन् । यसबाट आर्थिक समस्या चरममा पुग्ने र श्रीलंकाली मानवीय संकट झन् गहिरिने आंकलन गरिएको छ ।

Share.

Comments are closed.