श्रीलंकामा औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएपछि पूर्वनिर्धारित शल्यक्रियाहरुसमेत रोकिएका छन् ।

श्रीलंकाको पेराडेनिया शिक्षण अस्पतालले औषधिको अभावमा शल्यक्रिया रोकेको हो ।अस्पतालका निर्देशक एचएम अर्जुना तिलकरत्नेले भने, “हामीसँग रहेको औषधि र सामग्री आकस्मिक सेवामा आउने बिरामीको ज्यान बचाउनका लागि राख्दै अरु पूर्वनिर्धारित शल्यक्रिया रोकेका छौँ ।”

उनले स्वास्थ्य सामग्री उपलब्ध गराउने निकायमा यसबारेमा जानकारी गराइसकेको बताए ।

श्रीलंकामा औषधि अभावमा शल्यक्रिया रोकिएको खबर सार्वजनिक भएपछि भारतले आवश्यक सहयोग गर्ने तयारी गरेको छ । भारतका विदेशमन्त्री एस जयशंकरले भारतका उच्चायुक्तलाई यसबारेमा छलफल गर्न र यसबारेमा भारतले के सहयोग गर्न सक्छ भन्ने बारेमा बुझ्न भनेका छन् ।

Share.

Comments are closed.