चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाका अर्थमन्त्री, गभर्नरसहितको टोली यतिबेला अमेरिकामा छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको छलफलमा भाग लिन अर्थमन्त्री अली साब्री, केन्द्रीय बैंकका गभर्नर डा.नन्दलाल विरासिङ्घे र अर्थ मन्त्रालयका सचिव महिन्दा सिरीवद्र्धनेसहितको प्रतिनिधिमण्डल अमेरिका जानुभएको हो । उहाँहरु अमेरिकाको वासिङ्टन डिसीस्थित आईएमएफको मुख्यालयमा छलफलमा हुनुहुन्छ । यही वैशाख ५ देखि शुरु भएको छलफल आजसम्म सञ्चालन हुनेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले श्रीलंकालाई औषधि र अत्यावश्यक सामग्री खरिदका लागि ३० करोडदेखि ६० करोड अमेरिकी डलरसम्म सहयोग गर्ने आश्वासन दिएको छ ।

श्रीलंकाले सन् १९४८ मा देश स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहँदा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले शनिबार देशलाई ३० करोडदेखि ६० करोड डलरसम्म सहयोग गर्ने आश्वासन दिएको छ ।

आईएमएफका अनुसार श्रीलंकाले आगामी चार महिनामा विश्व बैंकबाट ठूलो रकम प्राप्त गर्नेछ । श्रीलंकाका मन्त्रीहरूको प्रतिनिधिमण्डलले वाशिंगटन, डीसीमा २०२२ आईएमएफ र विश्व बैंकको बैठकहरूमा अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग वार्ता गरेका छन् । आईएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “श्रीलंका सरकारले स्वीकृत रकम औषधि र अन्य अत्यावश्यक वस्तु खरिदमा खर्च गर्नेछ ।”

Share.

Comments are closed.