नेपाली संसदमा बैंक मर्जको विषय उठेको छ । प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले बैंकहरुको कारण विकासले गति लिन नसकेको बताएका हुन् । प्रतिनिधिसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्दै उनले नेपालमा बैंकहरुको संख्या बढी भएकोले पूँजी छरिएको बताए। एकत्रित हुनुपर्ने पूँजी छरिएर रहेकाले विकासले गति लिन नसकेको उनको भनाइ छ ।

पूँजी छर्न रोक्नका लागि बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउनु पर्ने उनको भनाई छ । उनले भने, “धेरै संख्यामा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत गरि सिमित बैंकलाई बढावा दिनुपर्छ । छरिएर पूँजी एकत्रित गरिने छ । हाम्रो विकासको समस्या पूँजी कम भएर नभएको होइन । अत्यन्त छरिएर रहेको पूँजीको समस्या हो ।”

जर्मनिको बैंकको उदाहरण दिँदै उनले भने, ‘विश्वको छैटौ ठूलो अर्थतन्त्र भएको जर्मनीमा जम्मा ६ वटा बैंक छन् । हाम्रो देशमा यति धेरै बैंकहरु छन् । यी बैंकहरुले नै पूँजीले औद्योगिकरण गर्न रोकिरहेका छ । बैंकहरुकै कारण आयातमुखी अर्थतन्त्रलाई बढावा दिएको छ । उत्पादनमुखी अर्थतन्त्रलाई यदासिनता देखाएको छ । त्यसकारण मर्जरमा गएर सिमित बैंक तथा वित्तीय संस्था बनाउनुपर्छ ।”

Share.

Comments are closed.