सनराइज बैंकको १ लाख ९५ हजार ७५६ कित्ता संस्थापक सेयर हिजोदेखि बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक सेयरधनी भरतकुमार श्रेष्ठको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको जनाएको छ । उक्त सेयरको प्रतिकित्ता मूल्य १४५ रुपैयाँ तोकिएको छ ।

सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र के कति मूल्यमा खरीद गर्ने हो खुलाई बैंकको प्रधान कार्यालयको रजिष्ट्री विभागमा शिलबन्दी पेश गर्न आग्रह गरिएको छ ।

Share.

Comments are closed.