नेपाल स्टक एक्सचेञ्जले अपि पावर कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनको लागि आज बुक क्लोज गर्ने भएसँगै नेप्सेले हकप्रदपछिको सेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले ३९ दशमलव ३६ प्रतिशत हकप्रद समायोजन गरी मूल्य ३६३ रुपैयाँ २७ पैसा मुल्य कायम गरेको हो । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका ४६६ रुैयाँ ९० पैसाको आधार मूल्य समायोजन गरेको छ ।

कम्पनीले चैत २५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न गर्न लागेको हो ।

Share.

Comments are closed.