समृद्धि फाइनान्सको लिलामी सेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज बुधवार खोलिने भएको छ । कम्पनीले चैत २९ गतेदेखि बैशाख ७ गतेसम्म ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक सेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।

कम्पनीले फागुन ८ गतेदेखि २९ गतेसम्म हकप्रद सेयर बिक्री खुला गर्दा वितरण हुन नसकेको उक्त सेयर लिलामीमा बिक्री खुला गरेको थियो । उक्त सेयरको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

लिलामी सेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज दिउँसो ३ः३० बजे बिक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने जनाएको छ ।

Share.

Comments are closed.