समृद्धि फाइनान्सले हकप्रदमा अवितरित ९ लाख ४० हजार कित्ता बढी सेयर लिलामी मार्फत बिक्री गर्ने भएको हो । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समुहको ८ लाख ६७ हजार ३ सय ६६ कित्ता सेयर र सर्वसाधारण समुहको ७३ हजार १ सय कित्ता गरि कुल ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयर लिलाम गर्ने भएको हो।

हकप्रदमा रितपुर्वक आवेदन दिएकालाई १७ लाख ८९ हजार २ सय ३९ कित्ता सेयर बाँडफाँड गरिएको थियो। हकप्रदमा संस्थापकतर्फ ६३ जना र सर्वसाधारणतर्फ ८ हजार २ सय ३५ जनाले आवेदन दिएकोमा उनीहरुलाई सेयर बाँडफाँड गरिएको कम्पनीले बताएको छ।

कम्पनीले फागुन ८ गतेदेखि २ः१ अनुपात अर्थात् ५० प्रतिशतको दरले हुन आउने २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गरेको थियो ।कम्पनीले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ८ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद पाउन सक्ने व्यवस्था थियो।

Share.

Comments are closed.