टाटा टियागो विश्वभरी ४ लाखभन्दा बढी बिक्री भएको टाटाको ह्याचब्याग साधन हो।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका अनुसार कम्पनीको बजार विस्तार तीब्र गतिमा भइरहेको छ । सिप्रदीका अनुसार टाटाको विभिन्न मोडलमध्ये टियागो विशेष रुपमा कर्पोरेट क्षेत्रमा रुचाइएको गाडी हो । यो ह्याचब्याग सुरक्षित हुनुका साथै आकर्षक र आरामदायी भएका कारण कार्पोरेट क्षेत्रमा अत्यधिक रुचाइएको कम्पनीको भनाइ छ । ह्याचब्यागमध्ये टाटाको टियागोको मासिक बिक्रीदर पनि उच्च रहेको र यसले राम्रो बजार हिस्सा ओगटेको कम्पनीको दाबी छ ।

यो गाडीको बाहिरी आवरण, डिजाइन र स्टाइललाई मात्र नहेरी सुरक्षित समेत बनाइएको र ह्याचब्याग संस्करणमा रहेको टियागोमा ग्राउन्ड क्लेरेन्स र पावरमा विशेष जोड दिइएका कारण ग्राहकको रोजाइमा पर्न गएको कम्पनीको भनाइ छ ।

टियागो बजेटमैत्री भएको, यसले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा ४ स्टार पाएको र धेरैले यो गाडीलाई आफ्नो पहिलो कारको रूपमा लिने गरेको कम्पनीको भनाइ छ ।

एक उपभोक्ताले भने गाडीमा दिइएको सुरक्षा रेटिङले निर्धक्क रूपमा गाडी चलाउन विश्वास दिएको बताउँछन् । टियागोमा उत्तम ड्राइभिङ अनुभवका साथ ढुक्कसँग सुरक्षित र आरामदायी यात्रा गर्न सकिने उनको अनुभव छ । गाडीमा भएको सुरक्षासँगै यसको आन्तरिक विशेषताहरूले पनि लोभ्याएको उनी बताउँछन् ।

टाटा टियागोमा १७० एमएम ग्राउन्ड क्लेरेन्स र २४०० एमएम ह्विलबेस छ । यसमा ११९९ सिसी डिस्प्लेसमेन्ट दिइएको छ भने १.२ लिटर रिपोट्रोन, ३ सिलिन्डर पेट्रोल इन्जिन जडित छ । यो इन्जिनले ६,००० आरपिएममा ८६ पीएस पावर र ३,३०० आरपीएममा ११३ एनएम टर्क जेनेरेट गर्ने कम्पनीको भनाइ छ ।

टियागो पाँच स्पिड म्यानुअल ट्रान्समिसन र पाँच स्पिड एड्भान्स्ड अटोमेडेड म्यानुअल ट्रान्समिसन विकल्पमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।

नेपाली बजारमा टाटाको टियागो एक्सई, एक्सटी, एक्सजेड, एक्सजेडए, एक्सजेड प्लस र एक्सजेडए भेरियन्टमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । ग्राहकहरूले रातो, निलो, सेतो र ग्रे कलरमध्ये आफूलाई मनपर्ने रंगमा टियागो खरिद गर्न सक्छन् ।

Share.

Comments are closed.