सलमान खानलाई ज्यान मार्ने धम्कीपछि मुम्बई प्रहरीले सतर्कता बढाएको छ । सोमबार मुम्बई प्रहरीको टिम सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा पुगेको थियो । सलमान खानलाई आइतबार सिद्धु मुसेवालाकै शैलीमा हत्या गरिदिने धम्की दिइएको थियो ।

सलमान खान र उनका पिता सलिम खानको नाममा अज्ञात व्यक्तिले चिट्ठी पठाएका थिए । यो चिट्ठी आइतबार बान्द्राको ब्यान्डस्ट्यान्ट प्रोमेनाडमा भेटिएको थियो । उक्त चिट्ठी सलिम खानका गार्डले त्यहाँ भेटेका थिए जहाँ सलिम मर्निङ वाकपछि गएर बस्छन् ।

धम्कीयुक्त पत्रमा लेखिएको थियो, “सलिम खान, सलमान खान छिट्टै तिमीहरुले हाल पनि सिद्धु मुसेवालाको झैँ हुनेछ ।” यसबारे मुम्बईको बान्द्रा प्रहरीले एफआइआर दर्ता गरेको थियो ।

सिद्धु मुसेवालाको हत्यापछि सलमान खानले धम्कीयुक्त चिट्ठी पाउँदा पूरा बलिउडमा हलचल मच्चिएको छ । प्रहरी पनि यो मामिलामा सतर्क छ र यसबारे निकै सुक्ष्म ढङ्गले अनुसन्धान गरिँदैछ ।

एक रिपोर्ट अनुसार, धम्की नोटमा lb ‘र’ gb ‘उल्लेख गरिएको थियो। पुलिसले लवरेन्स बिश्नोईलाई संदिग्ध मानेर प्रश्न गरिरहेको छ । अर्को शंकास्पद व्यक्ति गोल्डी ब्रार हो जसले ग्यांग प्रतिस्पर्धाको परिणामस्वरूप सिद्धु मोसवालालाई मारेको जिम्मेवारी लिएको छ।

बिश्नोईले सन् २०१८ पनि सलमान खानलाई मार्ने धम्की दिएको बताइएको छ। रेडी फिल्मको सेटमा सलमानलाई मार्न असफल भएको उनले बताएका थिए । त्यस कामलाई अन्जाम दिन उनले एक राइफल खरिद गरेका थिए जुन पुलिसले पक्राउ गर्न सफल भएको थियो ।

Share.

Comments are closed.