सवारीधनीले विगतमा दाखिला नगरेको दुई पाँग्रे सवारीसाधनको करमा वागमती प्रदेश सरकारले सुविधा दिने भएको छ ।

वागमती प्रदेश सरकारले विगतमा सवारीधनीले समयमा दालिखा गर्न नसकेको मोटरसाइकल तथा स्कुटरको कर २०७९ फागुन मसान्तभित्र दाखिला गरेमा जरिवाना छुट दिने व्यवस्था मिलाउने भएको हो ।

वागमति प्रदेश सरकारले बुधबार बजेट सार्वजनिक गर्दै यस्तो सुविधा दिने निर्णय गरेको हो । २०६५ सालदेखि कर नबुझाएका सवारी धनीले २०७९ फागुन मसान्तसम्म कर बुझाएमा कानून बमोजिम लाग्ने करमा छुट दिने घोषणा गरेको छ ।

सबैभन्दा बढी सवारीसाधन दर्ता भएको प्रदेश भएको कारणपनि लामो समयदेखि दुई पाँग्रे सवारी कर नतिरी सवारी चलाएको भन्दै धेरै सवारी कारवाहीमा पर्ने गरेका छन ।

त्यसैगरी बजेटमा बाहिर दर्ता भई बागमती प्रदेश भित्र सञ्चालित सवारी साधनको अभिलेख र कागजात प्रदेशअन्तर्गत स्थानान्तरण गर्ने प्रक्रियालाई सरल बनाउने समेत गर्ने उल्लेख गरिएको छ ।

Share.

Comments are closed.