एक घना जङ्गलमा एउटा सिंह आफ्ना तीन सहयोगी– स्याल, काग र चितुवासँग बस्थ्यो । जंगलका राजासँगको निकटताका कारण सहयोगीहरूले खानाको खोजी गर्नुपर्ने थिएन।

एक दिनको कुरा हो, तिनीहरू जंगलमा एउटा ऊँट देखेर छक्क परे । ऊँट जुन प्राय: मरुभूमिमा भेटिन्छ, जंगलमा घुमिरहेको थियो। सोधपुछ गर्दा उनीहरुले ऊँटले बाटो बिराएको भन्ने थाहा पाए । सिंहले ऊँटलाई आश्रय दियो र संरक्षण गर्‍यो।

एक दिन हात्तीसँगको लडाइमा शक्तिशाली सिंह घाइते भयो । शिकार गर्न नसकेपछि सिंह र सहयोगीहरू भोकाएका थिए। तीन जना सहयोगीले ऊँटलाई खानु पर्ने सुझाव दिए तर सिंहले त्यसलाई मार्न मानेन। सहायकहरूले ऊँट स्वयम् खानाको रूपमा प्रस्तुत हुने योजना बनाए। काग, चितुवा र स्याल प्रत्येकले सिंहलाई खानाको रूपमा आफूलाई प्रस्ताव गरे, जसलाई सिंहले अस्वीकार गर्यो। यो देखेर ऊँटले पनि त्यसै गर्‍यो र सिंहले उसलाई तुरुन्तै मार्यो ।

नैतिक पाठ: आफ्नो दुनो सोझार्नको लागि शक्तिशाली वा धनी व्यक्तिहरूलाई घेरेका धूर्त मानिसहरूलाई विश्वास गर्नु मूर्खता हो। तिनीहरुको कुटनीति नबुझी काम गर्नाले ज्यानै जान सक्छ ।

Share.

Comments are closed.