सिजी ग्रुप अन्तर्गत् पर्ने ‘सिजी मेरिडिया’ को आईओटी इन्भर्टर एसी नेपाली बजारमा भित्रिएको छ । ‘डिस्ट्रिब्युटेड हेल्दी फिल्टर सिस्टम’ जडित ‘सिजी मेरिडिया’ आईओटी इन्भर्टर एसी ५६ डिग्रीको उच्च तापक्रममा अटोमेटिक सफा र निर्मलिकरण हुने विशेषता भएको कम्पनीले जनाएको छ ।

यसमा डिजिटल इन्भर्टर जडान भएकाले विद्युत खपतलाई कम गर्छ भने स्मार्ट कन्ट्रोल अन्तर्गत वाईफाई र एआई भ्वाइस कन्ट्रोल मार्फत् यस एसीलाई चलाउन सकिने जनाइएको छ ।

गुगल एसिस्टेन्टबाट समेत चलाउन सकिने यस स्मार्ट एसीका लागि एन्ड्रोइड र आइओएस डिभाइस दुवैका लागि सीजी स्मार्ट होम एप पनि डाउनलोड गर्न सकिने कम्पनीले बताएको छ ।

Share.

Comments are closed.