सिभिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

अघिल्लो आर्थिक वर्षमा ५२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ। यो १६२ प्रतिशतले धेरै हो।

बैंकको नाफा सँगै वितरणयोग्य नाफामा पनि आकर्षक बृद्धि देखिएको छ। गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब रुपैयाँ छ।

खुद ब्याज आम्दानी ६४ प्रतिशतले बढेका छ भने सञ्चालन आम्दानी गत वर्षभन्दा ४२ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन ६.६१ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार ५.५७ प्रतिशतले बढाएको छ।

हाल ९ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ २६ पैसा प्रतिशेय नेटवर्थ १३२.४३ रुपैयाँ छ।

Share.

Leave A Reply