सुडानमा संकटकालको अन्त्य गरिएकामा संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले सो कार्यको स्वागत गरेका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले सुडानका सैनिक प्रमुखले गरेको सकंकटकाल अन्त्यको घटनाको स्वागत गरेका हुन्।

सुडानमा गत वर्ष सैन्य कू भएको थियो । सो घटनापछि विश्वका नेताहरुले सुडानलाई सैनिक शासनकाे अन्त्य गरी राजनीतिक निकासका लागि आग्रह गरिरहेका थिए । सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुखले सुडानमा संकटकालको अन्त्यका लागि आग्रह गरेका थिए ।   

सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख भोल्कर पेर्थस्ले सुडानमा हाल जारी रहेको संकटकालको अन्त्य गरेर यहाँको समस्या समाधानका लागि राजनीतिक निकास खोज्नुपर्ने बताएका थिए ।

सुडानमा पछिल्ला केही दिनहरुमा राजनीतिक हिंसा भएको र यसबाट यहाँका नागरिकहरुमा असुरक्षा बढेको भन्दै सुडानका सबै पक्षले अहिलेको हिंसालाई अघि नबढाएर शान्तिपूर्ण रुपमा राजनीतिक निकास खोज्नुपर्नेमा संयुक्त राष्ट्रसंघको जोड रहेको छ । 

सुडानका सैन्य प्रमुख अब्देल फताह अल बुरानले यहाँ गएको वर्षदिन देखि जारी रहेको संकटकालीन अवस्थालाई आइतबारदेखि हटाएको घोषणा गरेका थिए ।

Share.

Comments are closed.