आज साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा हरियाली देखिएको छ।

बजार खुलेको समय बाट उकालो लागेको नेप्से करिब २२ अंक बढेर २४५२ पुगेको थियो त्येस पश्चात बिस्तारै ओरालो लागेर पुनः उकालो यात्रा लियो। अहिले १ बजेको डाटा अनुसार नेप्से २२ अंकले वृद्धि भएको छ भने कारोबार रकम करिब ८५ करोड बराबरको भएको देखिन्छ। बजार उकालो यात्रा सुरु गरेपनि कारोबार भने न्यून नै देखिन्छ। आज बजारमा सबै जसो कम्पनी हरु बढेर कारोबार भएका छन् तर राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपाल भने भारी अंकको गिरावटमा खरिद बिक्री भएको हो।

यस्तै, लगातार सर्किट लाग्दै आएको नेस्डो समृद्धि लघुवित्तले आज पनि सर्किट लागेर १७०० को मूल्य खरिद बिक्री भएको छ। सर्वाधिक कारोबार गरेको प्राइम कमर्सियल बैंक १ लाख ९० हजार कित्ताको कारोबार भएको देखिन्छ।

Share.

Comments are closed.