नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले मर्जर प्रयोजनका लागि सेयर रोक्कासम्बन्धी निर्देशिका १० दिनभित्र ल्याइने बताएका छन्।

सेबोनको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै अध्यक्ष हमालले उक्त जानकारी दिएका हुन्।

नेपाल राष्ट्र बैंकले मर्जरका क्रममा बैंक तथा वित्तीय संस्थाहरुको सेयर कारोबार रोक्का गर्ने व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट रद्द गरेको थियो। मर्जर प्रयोजनका लागि सेयर रोक्का गर्ने व्यवस्था सम्पूर्ण जिम्मेवारी राष्ट्र बैंकले सेबोनलाई दिएको थियो।

सोहीअनुसार हाल सेबोनमा यस विषयमा अध्ययन तथा गृहकार्य भइरहेको अध्यक्ष हमालले बताए। ‘यससम्बन्धी निर्देशिका १० दिनभित्र ल्याउँछौँ’, उनले भने।

Share.

Comments are closed.