आन्दोलनरत सेयर लगानीकर्ताले नेपाल राष्ट्र बैंकमा १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन्। पुँजीबजार सुधार संघर्ष समितिले विगतको एमाले सरकारले साढे तीन वर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदाका बाँकी काम तत्काल पुरा गर्नु पर्नेलगायतका १९ बुँदे माग समावेश गरेर राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट मार्फत गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । १९ बुँदे माग पुरा गराउन विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका लगानीकर्ताले केन्द्रीय बैंक अगाडि प्रदर्शन पनि गरेका थिए ।

यता, १९ बुँदे मागसहित लगानीकर्ता तिलक कोइराला पाँच दिनदेखि नेपाल धितोपत्र बोर्ड अगाडि आमरण अनशन बस्दै आएका छन् । कोइरालाको समर्थनमा लगानीकर्ताले दैनिक रुपमा प्रदर्शन गर्दै आएका छन् । लगानीकर्ताले जेठ २३ गते सेयर बजार सुधारको माग गर्दै नेपाल धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाएपछि नियमित रुपमा आन्दोलन गर्दै आएका छन् ।

Share.

Comments are closed.