नयाँ स्कोडा कोडियाक फेसलिफ्टसहित अब स्कोडा शोरुममा उपलब्ध हुने भएको हो । हेर्दा स्पोर्टी र आकर्षक डिजाइन भएको यस कार आफ्नो वर्गमा सबैभन्दा बढी सुरक्षित भएको कम्पनीले जनाएको छ । कोडियाक सन् २०१८ मा नेपाली बजारमा लन्च भएको थियो ।

कम्पनीका अनुसार फेसलिफ्टसहितको नयाँ स्कोडा कोडियाक नेपाली बजारका लागि युरोपबाट आयात गरिएको हो । चेक ब्रान्डले कोडियाकको भावनात्मक डिजाइनलाई थप विकास गरी यसको एरोडायनामिक पनि सुधार गरेको छ ।

स्कोडा डिभिजन–एमएडब्लु इन्टरप्राइजका कार्यकारी निर्देशक रौनक अग्रवालले नयाँ स्कोडा कोडियाकमा डिजाइन सौन्दर्य, आराम, इञ्जिन र गतिशील क्षमतासहित केबिन पनि थपिएको उनले जानकारी दिए ।

Share.

Leave A Reply