नेपाल स्टक ब्रोकर एसोसिएसनले धितोपत्र दलाल, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संशोधन गर्ने निर्णय गरी अर्थ मन्त्रालयमा पेश गरेकोमा त्यसको विरोध गर्दै धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएको छ ।

एसोसिएसनले ज्ञापन पत्रमा आफूसँग सल्लाह नै नगरी सशोधन गर्ने निर्णय गरेको, विद्यमान व्यवसायीहरुबाट भौगोलिक रुपमा बजार तथा सेवा बिस्तार हुन नसकेको झुठा आरोप लगाइएको ज्ञापन पत्रमा उल्लेख छ । एसोसिएसनले धितोपत्र दलाल व्यवसाय मात्र गर्न पनि विकसित देशको भन्दा कयौं गुणाले उच्च पुँजी राख्न लागाउनु भनेको नियामकले सुक्ष्म अध्ययन बिना नै हचुवाको भरमा अल्पदृस्टि राखि निर्णय गरेको जनाउँदै संशोधन मस्यौदालाई बोर्डमा फिर्ता ल्याएर सबैको राय सुझाव लिएर पुनः अध्ययन गरेर मात्रै जारी गर्न माग गरिएको छ ।

Share.

Comments are closed.