स्टार्टअप व्यवसायमा कर्जा पहुँच बढाउन ‘क्राउड फन्डिङ’ र ‘पियर टु पियर लेन्डिङ’ को व्यवस्था गरिने भएको छ ।

शुक्रबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यसका लागि अध्ययन कार्य अगाडि बढाउने घोषणा गरेका हुन् ।

गभर्नर अधिकारीले भने ‘चालु आर्थिक वर्षमा स्टार्टअपमा कर्जा पहुँच बढाउन वैकल्पिक वित्तका स्वरूपहरू ‘पियर टु पियर लेन्डिङ’ ‘क्राउड फन्डिङ’ को लागि अध्ययन गरिनेछ।’

Share.

Comments are closed.