विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित भएका छन् । अन्सारी चार हजार ४८५ मत ल्याई अध्यक्षमा निर्वाचित भए । पालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरीलालले दुई हजार ३९९ मत प्राप्त गरे ।

उपाध्यक्षमा विवेकशील साझा पार्टीकै नीलम साहले तीन हजार ५७० मत ल्याई विजयी भइन् । एमालेकी उपाध्यक्ष उम्मेदवार कमरुन खातुनले दुई हजार ३३३ मत प्राप्त गरिन् । स्थानीय तह निर्वाचनको इतिहासमा विवेकशील साझा पार्टीले पहिलोपटक जित निकालेको हो ।

Share.

Comments are closed.