स्पेशल प्रि ओपन सेसनमा विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BHDC) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको सेयर प्रतिकित्ता ३३४ रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको सेयर साउन १२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई निष्काशन गरेको १० लाख कित्ता, सर्वसाधरणलाई निष्काशन गरेको १५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ७५ हजार कित्ता सेयर गरी एक करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।

कम्पनीको पहिलो सेयर कारोबारको लागि नेप्सेले न्युनतम १११ रुपैयाँ ३४ पैसा देखि अधिकतम ३३४ रुपैयाँ २ पैसा ओपनिङ्ग रेन्ज तोकेको थियो।

कम्पनीको सेयरलाई नेप्सले BHDC कारोबार संकेत प्रदान गरेको छ।

Share.

Leave A Reply