नेपाली थ्रीलर फिल्म ‘अपीच्य’ को फष्टलुक सार्वजनिक गरिएको छ । प्रदीप खड्गीको निर्देशन रहेको यस ‘हरर’ फिल्मको फष्टलुक पोष्टर सार्वजनिक भएको छ । फिल्म छिट्टै रिलिज गर्ने तयारी भइरहेको निर्माण युनिटले जनाएको छ ।

डेल्टा मल्टिमिडियाको ब्यानरमा सुदन श्रेष्ठ, धर्म महर्जन र सुरेश महर्जनले निर्माण गरेको फिल्ममा सुरेश महर्जन , सनिष शाक्य, सलोना बज्राचार्य, सुरज व्यञ्जनकार, रवि गिरी, रचना सिंह, सुरेन्द्र मानन्धर, कृष्णभक्त, राजेन्द्रकुमार, लक्ष्मीकुमार महर्जन, विनेश श्रेष्ठ, लूनिभा खड्गी, लक्ष्मीनाथ मदगैया लगायतको मुख्य भूमिका छ ।

रविन डंगोल र आयुष महर्जनको छायाङ्कन, सन्तोष केसीको भि.एफ.एक्स फिल्ममा विनेश श्रेष्ठको कला निर्देशन रहेको छ ।

Share.

Comments are closed.