“तिमीले गधा हाँसेको कहिल्यै पनि देखेको छैनौँ, त्यस्तै न तिमीले भैँसीलाई ठट्टामा रमाइरहेको देखेका छौ। मानिस मात्र हो जो हाँस्न पनि सक्छ र ठट्टा पनि गर्न सक्छ। त्यसैले कहिले कहिल्यै हाँस्ने वा ठट्टा नगर्ने तिम्रा साथीभाईहरू भैँसी वा गधा जस्ता हुन्।” याे भनाइ महान् दार्शनिक ओशाेकाे हाे।

हाँसोबिनाको मानिसलाई फूल नफुल्ने रुखसँग दाँज्न सकिन्छ। उनीहरू मानव जातिबाट पदच्युत भएका छन्। उनीहरूले एक अमूल्य वस्तु गुमाएका छन्। विनोदको भावना बुद्धिको लागि धेरै आवश्यक कुरा हो। हाँसो प्रकृतिले मानिसको लागि दिएको एक बलियो औषधि हो भनी स्वास्थ्यविज्ञानले भनेको छ। हाँस्न सक्ने बिरामीले चाँडो स्वास्थ्य लाभ गर्न सक्छ भने नहाँस्ने व्यक्तिको स्वास्थ्य आज राम्रो भए पनि चाँडो वा ढिलो उसको स्वास्थ्य खराब हुने सम्भावना हुन्छ।

हाँसोको उपचारमूलक फाइदाहरू यस्ता छन्:

लोमा लिन्डा विश्वविद्यालय, क्यालिफोर्निका डा. लि बर्क र उनका अनुसन्धान सहयोगी डा. स्टानली टान ले हाँसोबाट शरीरको प्रतिरक्षात्मक प्रणालीमा के कस्ता असरहरु पर्दछन् भनी अध्ययन गरिरहेका छन्। उनीहरुका आजसम्म प्रकाशित अध्ययन अनुसार हाँसोले रक्तचाप र तनाव बढाउने हर्मोनलाई घटाउँछ र रोगको सङ्क्रमणसँग लड्ने ‘टी’ नामक रक्तकोषिकाको वृद्धि गराउनुका साथै रोगसँग लड्ने गामा–इन्ट।फेरन तथा बिटा कोषिका जस्ता प्रोटिन बढाउँछ। हाँसोले शरीरभित्रैबाट निस्कने प्राकृतिक दुखाइ कम गर्ने रस निकाल्न बल दिन्छ। यसले बिरामीलाई स्वस्थ भएको महशुस हुन्छ।

हाँसोले रोग प्रतिरोधात्मक प्रणालीलाई सकृय बनाउँछ

डा. बर्कको अध्नुसार हाँसोले तनाब ल्याउँछ भने पहिलेको सोचाइविपरीत उन्मुक्त हाँसो हाँस्नु त्यो स्थिति हो जसले स्वास्थ्य र सकारात्मक आवेग ल्याउँछ। हँसाउने र हाँस्ने कृयाकलापमा संलग्न भएका व्यक्तिमा उनीहरुको रोग प्रतिरोधात्मक प्रणाली बढी गतिशील हुन्छ र उनीहरूको शरीर धेरै रोग तथा संक्रमणहरूसँग जुझ्न तयार रहन्छ भन्ने निष्कर्ष धेरै अनुसन्धानहरुले निकालेका छन्।

हाँसोले तनाव ल्याउने हर्मोन कम गर्छ

हाँसोले गर्दा रक्त कोषिकालाई साँघुरो बनाउने र सङ्क्रमण रोक्ने गतिविधिलाई कम गर्ने तनाव प्रदायक हर्मोन घट्छ भन्ने कुराको पनि उक्त अध्ययनले समर्थन गरेको छ।उदाहरणको लागि हाँसोको अपेक्षा गरिहेका र हाँसिसकेको मानिसमा परीक्षाको पूरै समयभित्र ‘इपिनेफ्राइन’को स्तर घटेको पाइएको छ। यसका साथै ‘डोपामाइन’को स्तर पनि घटेको पाइएको छ। शरीरमा रक्तचाप बढ्दा डोपामिनको मात्रा बढेको पाइन्छ।

हाँसो एक प्रकारको शारीरिक कसरत हो। यसले शरीरभित्रको पेट र छातीबीचको मांसपेशीलाई काम गर्न लगाउनुका साथै शरीरको अक्सिजन प्रयोग गर्ने क्षमतालाई पनि बढाउँछ। हाँसोले सकारात्मक आवेगजस्ता परम्परागत उपचार कार्यलाई वृद्धि गर्दछ। अतः यो रोगसँग लड्नका लागि उपलब्ध अर्को एक औजार हो। उपचारको प्राकृतिक विधिका रूपमा हाँसोलाई प्रयोग गरिए यसले दुखाइलाई कम गर्छ र चाँडो निको हुन मद्दत पनि गर्छ भन्ने विश्वास विशेषज्ञहरू गर्छन्। जे भए पनि हाँसोले बिरामीको ध्यान दुखाइबाट हटाउने काम गर्छ।

‘जर्नल अफ हलिस्टिक नर्सिङ्ग’मा प्रकाशित एक अध्ययन अनुसार चिरफारको लगत्तैपछि र दुखाइ कम हुने ओखती सेवन गराउनु अगाडि बिरामीलाई एउटा वाक्य भनिएको– उपचारको अङ्गका रूपमा हास्यको खुराकी मात्रा पाएकाले भन्दा नपाउनेले दुखाइ बढी अनुभव गरेका थिए।

हाँसोको ठूलो फाइदा यो सित्तैमा पाइनु हो र यसबाट नकारात्मक असर नहुनु हो। त्यसैले जतिसुकै बिरामी हुनुहुन्छ भने पनि तपाईंको सन्निकटबसेर कसैले ठट्टा गर्यो भने उन्मुक्त हाँसो हाँस्नुहोस्। दिनमा १० पटक ठूलो स्वरको हाँसोले मान्छेलाई जवान तथा स्वस्थ राख्छ।

स्रोत: डा. रावतकाे ‘स्वस्थ जीवनशैली स्वस्थ मुटु’ पुस्तकबाट

Share.

Comments are closed.