हिमालयन हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा मंगलबार (२८ असार) बिहान ८.३० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

हिमालयन हाइड्रोपावरको आइपीओमा मागभन्दा १०.१० गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा एक लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ ।

यसमा कुल १६ लाख ३२ हजार ८०२ जनाले एक करोड ८४ लाख ८८ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । कुल एक अर्ब ८४ करोड ८८ लाख ४५ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।

कम्पनीले १५ देखि १९ असारसम्म १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । योमध्ये ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

Share.

Comments are closed.