हिमाल दोलखा हाइड्रोपावर (HDHPC) को सेयर कारोबार रोकिएको छ। नेप्सेले आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।

हाइड्रोपावर कम्पनीले बजार चलिरहेकै समयमा बोर्ड बैठक गरेको र बुकक्लोज दिन भन्दा ७ दिन अघि नै सूचना दिनु पर्नेमा त्यो समेत नदिएकोले कम्पनीलाई स्पष्टिकरण सोधि कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ।

कम्पनीले गत शुक्रबार बिहान ११ बजे बोर्ड बैठक राखि ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो। सो प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते साधारण सभा गर्ने निर्णय गरेको छ। साधारण सभा प्रययोजनको लागि कम्पनीले साउन १९ गते बुकक्लोज गर्ने जनाएको छ। तर यसको सूचना १४ गते मात्रै दिएको थियो।

Share.

Leave A Reply