नेपालमा हिरो मोटोकर्प लिमिटेडले तीन नयाँ उत्पादन लन्च गरेको छ । कम्पनीका अनुसार लोकप्रिय तीन नयाँ उत्पादनहरुमा बीएस– छैठौं सँस्करण ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी रहेका छन् ।

कम्पनीका अनुसार हिरो मोटोकर्पको बीएस– छैठौं उत्पादनहरुमा एक्सेन्स प्रविधि जस्ता सुविधा उपलब्ध छन् र तीनले ग्राहकलाई परिष्कृत अनुभव प्रदान गर्नेछन् । विविध एवं समग्र रुपमा नयाँ उत्पादनहरुले कम्पनीको नेपाली ग्राहकलाई उत्तम एवं सफा प्रविधि सहितको उत्कृष्ट र आधुनिक उत्पादनहरु उपलब्ध गराउन केन्द्रित रहने कम्पनीले बताएको छ ।

नयाँ उत्पादनहरु हिरो मोटोकर्पका शोरुमहरुबाट आकर्षक मूल्यमा उपलब्ध हुनेछन् । एक्सपल्स २०० फोरभीको मूल्य ४ लाख ५० हजार रुपैयाँ, ग्लामर एक्सटेकको २ लाख ७६ हजार रुपैयाँ र म्यास्ट्रो एज १२५ को २ लाख ६६ हजार रुपैयाँमा पाइने कम्पनीले बताएको छ ।

Share.

Comments are closed.