हुन्डाई आयोनिक ५ वर्ल्ड कार अफ द इयर २०२२ को उपाधिबाट सम्मानित भएको छ । यसका साथै विभिन्न ६ वटा विधाहरू मध्ये तीन विधामा विजेता समेत बनेको कम्पनीले जनाएको छ ।

फरक डिजाइन र पर्फमेन्सका लागि प्रशंसित यो इलेक्ट्रिक कारले वर्षको विश्व इलेक्ट्रिक भेहिकल, वर्ल्ड कार डिजाइन अफ द इयरका साथै यो वर्षको विश्व कार अफ द इयर अवार्ड पनि हात पार्न सफल भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डिजाईन अफ द इयर क्याटगोरीमा आयोनिक ५ को फरक शैली र नौलो डिजाइनले औडी ई-ट्रोन जीटि र किया ईभी६ लाई पछि पारेको हो । आयताकार हेड र टेल ल्याम्पसहितको आयोनिक ५ को रेट्रो डिजाइन मनमोहक रहेको कम्पनीको दाबी छ ।

Share.

Comments are closed.