चालू आर्थिक वर्षको १० महिनामा नेपालको व्यापारघाटा १४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपालले विदेशबाट १६ खर्ब ५ अर्बको वस्तु आयात गरेको छ। सोही अवधिमा नेपालले १ खर्ब ७३ अर्बको वस्तु विदेश पठाएको छ।

चालू आर्थिक वर्षमा वस्तु आयात तथा निर्यात दुवै बढेको देखिएको छ। निर्यातको मात्रा बढे पनि व्यापार घाटाको खाडल भने धेरै रहेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

शुक्रबार बजेटका सिद्धान्त र प्राथमिकताबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, “धेरैलाई लाग्न सक्छ वस्तु आयात अहिले यही समयमा धेरै भइरहेको छ तर यो पहिलेदेखि निरन्तर भइरहेको छ।”

Share.

Comments are closed.