लगानीकर्ता तिलक कोइरालाले १९ बुँदे मागसहित बुधबारदेखि सुरु गरेको आमरण अनसन बिहीबार पनि जारी छ। दोस्रो दिनदेखिनै उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।

कौइरालाले बुधबार बिहन ११ बजेदेखि आमरण अनसन सुरु गरेका थिए। लगानीकर्ताको माग पुरा नभएसम्म आमरण अनसन जारी राख्ने उनले बताएका छन्।

लगनीकर्ताका अन्य संगठनहरुले पनि उनको आमरण अनशनको सर्मथन गरेका छन्।

उनी आमरण अनसन बसिरहेको अवस्थामा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल भने विदेश भ्रमणमा गएका छन्। एकातिर बजार दैनिक रुपमा निरन्तर ओरोलो लागिरहेको छ भने अर्कोतर्फ नीतिगत सुधारको लागि भन्दै लगानीकर्ताले आन्दोलन गरिरहेका छन्। कोइरालाले बोर्डकै गेटअगाडि आमरण अनसन समेत थालेका छन्। यस्तो अवस्थामा बोर्डका अध्यक्ष हमाल भने व्यक्तिगत छुट्टीमा विदेश भ्रमणमा गएका छन्।

संघर्ष समितिले यसअघि जेठ २३ गतेनै २३ बुँदै मागसहितको ज्ञापन पत्र बोर्डमा बुझाएको थियो। तर बोर्डले उक्त मागहरु पुरा गर्न कुनै चासो नदेखाएपछि कोइरालाले आमरण अनसन सुरु गरेका थिए। अहिले पनि लगानीकर्ताको माग पुरा गर्न धितोपत्र बोर्ड लगायतका निकायहरुले कुनै सम्बोधन गर्न सकेका छैनन्।

Share.

Comments are closed.