नेपाल राष्ट्र बैंकले सोमबार २१ अर्ब ९ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले ९१ दिन अवधिको ४ अर्ब २६ करोड, १८२ दिन अवधिको १० अर्ब र ३६४ दिन अवधिको छ अर्ब ८३ करोड गरी जम्मा २१ अर्ब ९ करोड बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जनाएको छ ।

९१ दिन अवधिको ट्रेजरी आगामी भदौ २१ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी आगामी मंसिर २० र ३६४ दिने ट्रेजरी २०८० साल जेठ २३ मा परिपक्व हुनेछ ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुनेछ भने केन्द्रीय बैंकको इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकले समेत बोलकबोलमा भाग लिन सक्नेछ ।

Share.

Comments are closed.