जब सेयर बजारबाट ठूलो धनराशि कमाउने कुरा आउँछ, तब वारेन बफेट, राकेश झुनझुनवाला र राधाकिशन दमानीजस्ता व्यक्तित्वको कुरा अवश्य हुने गरेको छ। तर, आजको समयमा हैदरावादका संकर्ष चन्द पनि यो सूचीमा आफ्नो स्थान बनाउन सफल देखिन्छन्।

अचम्मको कुरा के छ भने १७ वर्षको कलिलो उमेरमै सेयर बजारमा पैसा लगानी गर्न थालेका संकर्ष अहिले २३ वर्षका भए। आजको समयमा संकर्ष करिब १०० करोडको मालिक छन्।

संकर्षले सेयर बजारमा मात्रै लगानी गर्दैनन्, उनी स्भोदा इन्फिनिटी इन्भेस्टमेन्ट एड्भाइजर्स प्रालि नामक फिनटेक स्टार्टअपका संस्थापक पनि हुन्। उनको स्टार्टअपले मानिसहरुलाई सेयर बजार, म्युचुअल फन्ड र बन्डमा लगानी गर्न मद्दत गर्छ। उनले २०१७ मा पढाइ छाडेर ३५ जनासँग ८ लाख रुपैयाँ लगानी गरेर कम्पनी खोलेका थिए। उनले बेनेट युनिभर्सिटी (ग्रेटर नोएडा) बाट बीटेक कम्प्युटर साइन्स पढ्दै थिए तर सेयर बजारमा रुचिका कारण पढाइ बीचमै छाडे।

संकर्षले हैदरावादको एक विद्यालयबाट १२ कक्षा पूरा गरेपछि २०१६ मा सेयर बजारमा लगानी गर्न थालेका थिए। उनले जम्मा २ हजार रुपैयाँबाट लगानी गर्न थालेका थिए। सेयर बजारमा प्रवेश गरेको २ वर्षमै उनले मनग्य कमाए।

संकर्षले एक अन्तर्वार्तामा आफूले २ वर्षमा सेयर बजारमा करिब डेढ लाख रुपैयाँ लगानी गरेको र २ वर्षमा १३ लाख रुपैयाँ भएको बताए। कम्पनी सुरु गर्न उनले ८ लाखको सेयर बेचेका थिए।

संकर्ष उमेरमा सानै होला तर उनको काम अनुभवी लगानीकर्ताको जस्तै छ। सन् २०१६ मा संकर्षले फाइनान्सियल निर्वाण नामक पुस्तक पनि लेखेका थिए। यो पुस्तकले व्यापार र लगानीबीचको भिन्नता बताउँछ।

संकर्ष करोडपति भइसकेका छन्। तर, उनी निकै साधारण जीवन बिताउँछन्। उनी प्रायः टी–सर्ट र सर्टमा देखिन्छन्। सभा वा कार्यक्रममा जानु पर्दामात्रै उनी विशेष लुगा लगाउँछन्।

स्रोत: एजेन्सी

Share.

Leave A Reply