एक पटक एकजना ब्राह्मणले धनी व्यापारीको लागि ठूलो पूजा सम्पन्न गरे र बदलामा उनले एउटा बाख्रा पाए।

बाख्रालाई काँधमा बोकेर फर्किंदै गर्दा तीनजना बदमाशले उनलाई देखे । उनीहरुले बाख्रा कसरी हात पार्ने भनेर एउटा योजना बनाए । एकपछि अर्को गर्दै तीनवटा बदमाशले ब्राह्मणलाई रोके र उनलाई एउटै प्रश्न सोधे– “हे ब्राह्मण! तिमी किन आफ्नो काँधमा कुकुर बोकेर हिँडेछौ ?”

ब्राह्मणले पहिला उक्त कुरा पत्याएनन् । तर पछि त्यही कुरा ३ पटक दोहोरी रहँदा उनले सोँचे कि उनले पक्कै कुकुर नै बोकेको हुनुपर्छ। उनले जनावरलाई हेर्ने चेष्टा नगरी बाख्रालाई छोडिदिए। त्यसपछि, तीन फटाहाहरुले भोजको मजा लिए ।

नैतिक पाठ: यदि झूट धेरै पटक दोहोर्याइन्छ भने, त्यो मूर्खको लागि सत्य बन्छ।

Share.

Comments are closed.