आज आइतबार ६१.०५ अङ्कले बढेर ३.०३ % वृद्धिको साथ नेप्से परिसूचक २०७८.५१ अंकमा बन्द भएको छ। कारोबार भएका २१९ कम्पनीमध्ये १७९ कम्पनी उकालो लागेको छन् भने १ कम्पनी मात्र ओरालो लागेको छ।

कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

बजार पुँजीकरण बढेर २९ खर्ब ६७ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: July 24, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर हिजो जस्तै रहेको विश्लेषणले देखाउँछ (आजको फरकः १७०) जसले बजारमा भोलाटाइलिटी स्थिर रहेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड भन्दा माथि २०७८.५१ मा बन्द भएको छ। आज बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच दिनभर होडबाजी हुँदा खरिदकर्ता हावी भएको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन  भन्दा माथि  ५.९१ मा आएको  देखाउँछ। हिस्टोग्राम बढेर पोजेटिभ ११.१६ मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर माथि गईरहेको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल  – ५.२५ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा खरिदकर्ताको मोमेन्टम बढ्न थालेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथि र  -१४ डिएमआई लाइन तल फर्किएको छ। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर अब सिधा हुन थालेको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद बढेको जनाउँछ।

४. क्यान्डलस्टिक

नेप्सेले आज ‘बुलिश इन्गल्फिंग क्यान्डल’ बनाएको छ जसले बजारमा खरिद बढेको सङ्केत गर्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: July 24, 2022

क्युमुलेटिभ एडी लाइन –६६९८ देखि बढेर – ६५२० मा आएको छ। नेप्सेको कुल भोल्युम ६१०७८२० रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(४५६५५६०) को १३४ प्रतिशत देखिएको छ।

नेप्से आज मिडल  ब्याण्डभन्दा माथि २०७८.५१ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा माथि ५.९१ मा आएको छ र  सिग्नल लाईन भने जिरो लाइन भन्दा तल –५.२५ मा देखिएको छ  भने हिस्टोग्राम हिजो भन्दा बढेर ११.१६ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम बढेको देखाउँछ।

+१४ डिएमआई लाइन माथि र  -१४ डिएमआई लाइन तल फर्किएको छ। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर अब सिधा हुन थालेको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद बढेको देखिन्छ। आज आरएसआइ ४९.८९ बाट बढेर ५७.७९ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम बढेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १९१० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २०९० को एरिया रहेको देखिन्छ।#nepsetech

Share.

Comments are closed.