आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको लैनचौरस्थित लैनचौर बैङ्क्वेट्समा सम्पन्न सभाले सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरिएको आर्थिक वर्ष २०७७/७८ का वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश अनुमोदन गरेको छ।

कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ७ प्रतिशतले हुन आउने ८ करोड १० लाख ३१ हजार २० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशतले हुन आउने ४२ लाख ६४ हजार ७९०.५३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी २ अर्ब २० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेको छ।

Share.

Comments are closed.