मुनिबा मजारीको जन्म ३ मार्च १९८७ मा भएको हो । मजारीलाई पाकिस्तानको आइरन लेडी पनि भनिन्छ। बीबीसी द्वारा २०१५ को १०० प्रेरणादायक महिलामा छनोट पछि उनी संयुक्त राष्ट्र संघको लागि पाकिस्तानकी महिला राजदूत बनिन्। उनले २०१६ मा फोर्ब्स ‘३० अन्डर ३०’ को सूचीमा पनि स्थान बनाएकी थिइन्। उनी यहाँसम्म आउँदाखेरि उनको जीवनयात्रा भने त्यति सहज थिएन । १९ वर्षको उमेरमा उनको विवाह भयो । उनी २१ वर्षकी हुँदा कार दुर्घटनामा परी उनको मेरुदण्डमा आघात पर्यो र उनी जीवनभरका लागि ‘व्हिल चियर’ मा बस्न बाध्य भईन्। साथसाथै, सो दुर्घटनामा उनले आफ्नो आमा बन्ने क्षमता पनि गुमाईन् । उनले आफ्नो जीवनको अमूल्य…
Author: लाल्टिन डट कम
कपालको ख्याल राख्न महिलाहरुको धेरै समय खर्च हुने गर्छ । अझ गर्मी मौसममा कपाल समस्या बढ्ने गरेको देखिन्छ । महिलाहरुका लागि केश सौन्दर्यको मूख्य आकर्षण हो । त्यसैले जाडो होस् वा गर्मी, कपाललाई सधैँ आकर्षक बनाइरहनु एउटा चुनौती नै हो । जति नै चुनौती भए पनि महिलाहरु आफ्नो कपाल सुन्दर बनाउनका लागि अनेक साधन प्रयोग गर्छन् र त्यसमा सफलता पनि प्राप्त गर्छन् । आज हामी त्यस्तै केही उपायहरुको बारे चर्चा गर्दैछौँ जसले केश सुन्दर बनाउन मद्दत गर्छ । ती विधिहरु यस प्रकार छन् : हप्तामा एकपटक कपलामा राम्ररी तेल लगाउनु पर्छ । तेल लगाएर करिव आधा घण्टासम्म त्यत्तिकै छाड्नु पर्छ…
चलचित्र निर्माता लीना मणिमेकले आफ्नो वृत्तचित्र ‘काली’ को पोस्टर सार्वजनिक गरेकी छिन्, जसमा काली बनेकी अभिनेत्रीले चुरोट पिउँदै गरेको देखाइएको छ । जुलाई २ मा पोस्टर रिलिज भएपछि सामाजिक सञ्जालमा आक्रोश चर्किएको छ । सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले निर्मातामाथि धार्मिक भावनामा ठेस पुर्याएको आरोप लगाएका छन् र उनीहरूलाई पक्राउ गर्न माग गरेका छन् । अब यो विवादमा लीना मणिमेकलाईको प्रतिक्रिया पनि आएको छ । लीनाले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै लेखेकी छन्, “मसँग गुमाउनको लागि केही छैन। म सधैँ निडर भएर आवाज उठाउनेछु। यदि मेरो जीवनको मूल्य चुकाउनु पर्यो भने त्यो पनि दिन म तयार छु।” लीनाले आफ्नो फिल्म टोरन्टोको आगा…
२०२१ मा रिलिज भएको एलजी सी वान ओलेड (LG C1 OLED) टिभी अन्तर्राष्ट्रिय रूपमा सबैभन्दा धेरै चर्चा गरिएको टिभीमध्ये एक हो। लामो समयको प्रतिक्षापछि यो टिभी अन्ततः नेपालमा सार्वजनिक भएको हो । यस टिभीमा सामान्य च्यानल बाहेक युट्युब भिडियोहरू र चलचित्रहरू हेर्ने देखि लिएर केही लोकप्रिय स्ट्रिमिङ प्लेटफर्महरूमा गेमहरू खेल्ने सम्म गर्न सकिन्छ । नेपालमा यसको उपलब्धता र मूल्यको बारेमा कुरा गर्दा कम्पनीले टिभीलाई ४८ इन्च, ५५ इन्च र ६५ इन्चको तीन फरक डिस्प्ले साइजमा लन्च गरेको छ । ५५ इन्चको टिभीलाई मूल्य रु. २,६४,९९० पर्दछ। ४८ इन्चको टिभी रु. २,४३,९९० को मूल्यमा उपलब्ध छ र ६५ इन्चको मूल्य ४,४५,९९०…
पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपाल आयल निगम चरम आर्थिक सङ्कटमा परेको छ । एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि निगममा सङ्कट बढ्दै गएको हो । आर्थिक सङ्कट बढ्दै गएकाले तेल खरिद गरेको रकम तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै निगमले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई पत्र लेखी जानकारी दिएको छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले रकमको व्यवस्थापन नभएसम्म तेलको आपूर्ति नियमित गर्न नसक्ने अवस्थामा पुगेको जानकारी दिए । तेल खरिद गरेबापतको ३० अर्ब रुपियाँ भारतीय आयल कर्पोरेसन (आईओसी)लाई भुक्तानी गर्न बाँकी छ । रकम भुक्तानी छिटो गर्न आईओसीले पत्राचार गरेको…
यूरोपेली मुलुकहरुमा बजार विस्तारलाई प्राथमिकता दिएको चौधरी समूह(सिजी ग्रुप)ले इजिप्टमा पनि वाईवाई चाउचाउ उत्पादन गर्ने भएको छ । चौधरी समूहका अध्यक्ष विनोद चौधरीका अनुसार इजिप्टमा निर्माणाधीन उद्योगको शिलान्याश गरिएको जानकारी फेसबुक पेजमार्फत् सार्वजनिक गरेका छन् । इजिप्टको बेनी सुएफ भन्ने स्थानमा उद्योग स्थापना भइरहेको छ । सन् २०२१ मै यो उद्योग संचालनमा ल्याउने योजना रहेपनि ढिलो भएको छ । यूरोपको सर्भिया पछि रुसमा प्रवेश गरेको चौधरी समूहले इजिप्टमा समेत उद्योग स्थापना शुरु गरेको हो । चौधरी समूहले सर्भियामा संचालनमा रहेको स्थानीय खाद्य उद्योग खरिद गरेको थियो । त्यसैगरी युरोपेली बहुर्राष्ट्रिय खाद्य उत्पादक समूह गलिना ब्लांकको रुस र सिआइएस(कमवेल्थ अफ इण्डिपेन्डेन्ट…
नेपाल डिपि लिमिटेडले डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/०७९ सम्म डिम्याट खाता संचालन गरेबापत लाग्ने शुल्कहरु असार मसान्तभित्र ग्लोबल आइएमई बैंक लिमिटेडको कमलादी शाखामा रहेको बैंक खातामा भुक्तानी गर्न आग्रह गरिएको छ । साथै ग्राहकले मेरो सेयरको माइ प्रोफाइल मार्फत इ सेवा, कनेक्ट आइपीएस, आइएमई पे र खल्तिमार्फत् भुक्तानी गर्न सक्नेछन् । कम्पनीले तोकेको समयभित्र डिम्याट खाताको सम्पुर्ण वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको शुल्क भुक्तानी नगरेसम्मका लागि डिम्याट खाता रोक्का गरिने कम्पनीले जनाएको छ ।
हुण्डी कारोबारको आरोपमा गणेश पौडेल नाम गरेका व्यक्तिविरुद्ध राजस्व अनुसन्धान विभागले ८ करोड २३ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ बमोजिम विभागले काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको हो। विभागका अनुसार कुश्मा १, पर्वत स्थायी घर भई हाल काठमाडौं २२ सामाखुशी बस्ने गणेश पौडेलले विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भई नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको देखिएको छ। निजले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रुपमै अपनाएको अध्ययनबाट देखिएको विभागले उल्लेख गरेको छ। विभागले भनेको छ, “प्रतिवादीले विदेशमा विदेशी मुद्रा भुक्तानी…
गत वर्षदेखि नै सिक्टाको मूल नहरमा पानी छोडिँदा कोहलपुर–६, रझेनाका मलिराम थारूलाई खेतीमा पानीको कुनै समस्या भोग्नुपरेको छैन । आफ्नो खेतको छेउमा नै मूल नहर बगेकाले आवश्यक पानी तानेर बाह्रै महिना खेती गरिरहेको उनले बताए । यसअघि आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै थारूले अब त जतिबेला जुन खेती मन लाग्यो, त्यो गर्न सकिने बताए । दुई साताअघिदेखि नै कोहलपुर–१५ का खड्कबहादुर खड्काले मज्जाले रोपाइँ गरिरहेका छन् । पानी नपरे पनि उनलाई विगतको जस्तो समस्या छैन । खेतको छेउबाटै सिक्टाको नहर बगेकाले समयमै रोपाइँ गरिएको बताए । थारू र खड्का मात्र नभई सिक्टाको पश्चिमी मूल नहरको ४५ किलोमिटर…
आज सोमबार ९.७५ अङ्कले घटेर ०.४७ % गिरावटको साथ नेप्से परिसूचक २०७६.६७ अंकमा बन्द भएको छ। कारोबार भएका २३४ कम्पनीमध्ये ७१ कम्पनी उकालो लागेका छन्, ११६ कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छन्। कारोबार भएका ४ उप-समुहबाहेक बाँकि ९ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्। बजार पुँजीकरण घटेर २९ खर्ब ६१ अर्ब पुगेको छ। प्रमुख कारोबार प्राविधिक विश्लेषण NEPSE Daily Update: July 4, 2022 प्राविधिक विश्लेषण सूचक १. बोलिन्जर ब्याण्ड आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर केही बढेको विश्लेषणले देखाउँछ (आजको फरकः २६९) जसले बजारमा भोलाटाइलिटी हल्का बढेको इङ्गित गर्दछ। बजार आज अपर ब्याण्ड भन्दा…